Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

विपक्षी दलहरूलाई ओलीको चेतावनी- ‘ज्यादती अब सह्य हुँदैन,संसद चल्छ’

Zenith Migration Education

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरूको ज्यादती अब सह्य नहुने चेतावनी दिएका छन् ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरूलाई प्रशिक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताए । उनले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताए ।

गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने बताए । मंगलवारको संसदमा विपक्षी राजनीतिक दलहरूले विरोध जनाएपछि कारबाही अघि बढ्ने बताए ।

अध्यक्ष ओलीले भने ‘अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा ? केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ । केहीले छोएको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ,गृहमन्त्री त्यसकारण राजीनामा गर्नुपर्छ यस्ता कुराले संसद अवरोध हुँदैन । म स्पष्ट भन्न चाहन्छु । तपाईँहरू मेण्टल्ली तयार भएर बस्नुस् । यसरी संसद अवरोध हुँदैन । यसरी संसद अवरोध चल्दैन यो । जहिले पनि संसद अवरोध, जहिले पनि संसद अवरोध, दुई जना उठ्यो, करायो, हल्ला गयो, संसद अवरोध ? संसद अवरोध त्यसरी हुन सक्दैन । उहाँहरू कराउनु होला, तर संसद अघि बढाउनुपर्छ । धेरै भयो उहाँहरूको ज्यादती पनि धेरै भयो । अत्ति नै भयो । उहाँहरूलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्ने भएको छ । त्यहाँ पनि बाटो जाम गर्नै भएको छ । अनि जो बोल्छ, जसले अलिकति कुरा गर्दछ, कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छ । कोही माइतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन् । साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माइतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने, हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नुस्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ, यो तरिका होइन ।’

अध्यक्ष ओलीले विपक्षी दलहरूले संसद र सडकमा वितण्डा खडा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु