Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस

Zenith Migration Education

सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौँमा नि:शुल्क बस चलाएको छ।

उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि २ वटा बस सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा  बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म  संचानल हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्ने छ।

ती बसमा सर्वसाधारणहरूले नि:शुल्क यात्रा गर्न पाउनेछन्।

यातायात व्यवसायीहरूले विभिन्न माग राखेर यातायात बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार काठमाडौँमा दुई वटा नि:शुल्क बस चलाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु