Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

झोले भएर हिँड्नुपर्छ विकासको झोला बोकेर” — प्रधानमन्त्री ओली

Zenith Migration Education

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफू ‘झोले’ भएको सन्देश दिँदै विकासप्रति समर्पण जनाएका छन्। फेसबुकमा आफ्नो फोटोसहितको पोस्टमा उनले लेखेका छन्, “सामन्ती परिवारको गुलाम हुनुभन्दा विकासको झोला बोकेर हिँड्नु धेरै राम्रो।”

उनको यो भनाइ सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। समर्थकहरूले यो सन्देशलाई ‘जनताप्रति उत्तरदायी नेतृत्व’ को सङ्केतका रूपमा लिएका छन् भने आलोचकहरूले भने ओलीको शैलीलाई व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन्। ‘झोले’ शब्दलाई परम्परागत रूपमा राजनीतिक कार्यकर्ता वा अन्धसमर्थकका रूपमा बुझिने गरिए पनि ओलीले यसलाई ‘विकासप्रति समर्पित व्यक्ति’ का रूपमा प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच उनको अभिव्यक्तिको समर्थन र आलोचना दुवै देखिएको छ। केहीले “झोला मात्रै बोकेर हुँदैन, परिणाम देखिनुपर्छ” भन्दै व्यङ्ग्य गरेका छन् भने अन्यले प्रधानमन्त्रीको सन्देशलाई सादा तर प्रभावकारी शैलीको संप्रेषण भन्दै सराहना गरेका छन्।

राजनीतिक सन्देशलाई सामान्य जनभाषामा ढालेर सार्वजनिक चर्चा बटुल्ने ओलीको तरिका फेरि एकपटक चर्चाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु