प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेटवार्ता गरेका छन् ।
संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री ओलीले प्रमुख दलका शीर्ष नेताहरूको छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।



