Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

Zenith Migration Education

झापा गाउँपालिका- २ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन शुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ। ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं. १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’

यो वर्ष सददरभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीमा बाढीको त्रास बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु