Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

कहिले–कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छ : प्रधानमन्त्री ओली

Zenith Migration Education

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताएका छन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाविधेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरु लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गर्नुभयो । तत्कालीन समयमा कुन कदम अराजनैतिक थियो भन्नेकुरा भने स्पष्ट पारेनन् ।

उनले नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गरे ।

उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर फुस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाए ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गर्नुभएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु