Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

स्मार्ट एनआरएनए एपमार्फत सदस्यता नवीकरण सुरु, आजीवन सदस्यलाई शुल्क आवश्यक नपर्ने

Zenith Migration Education

सिड्नी, जुन १ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले स्मार्ट एनआरएनए मोबाइल एपमार्फत सदस्यता नवीकरण तथा नयाँ सदस्यता अभियान सुरु गरेको छ। संघले प्रवासी नेपालीहरूलाई डिजिटल प्रणालीमा आधारित सहज, पारदर्शी र पहुँचयोग्य सेवा दिनका लागि यो अभियान सञ्चालनमा ल्याएको जनाएको छ।

‘SMART NRNA’ एप प्रयोग गरेर अब आजीवन र सामान्य सदस्य दुबैका लागि सदस्यता नविकरण तथा नयाँ सदस्यता दर्ता गर्न सकिनेछ। यो एप IOS र Android दुबै प्रणालीमा उपलब्ध छ।

🔗 IOS लिंक: SMART NRNA – App Store (https://apps.apple.com/us/app/smart-nrna/id1544254635)

🔗 Android लिंक: SMART NRNA – Play Store (https://play.google.com/store/apps/details?id=com.respect.nrna&hl=en)

सदस्यता नविकरण र शुल्क विवरण:

आजीवन सदस्य (Lifetime Members):

पहिले नै आजीवन सदस्य बनेका व्यक्तिहरूले नविकरण गर्न कुनै शुल्क तिर्नु पर्दैन। सिस्टमले स्वचालित रूपमा उनीहरूको सदस्यता मान्यता दिनेछ।

नयाँ आजीवन सदस्य (New Lifetime Membership):

आजीवन सदस्य बन्ने नयाँ इच्छुकका लागि एक पटकको शुल्क $250 USD तोकिएको छ।

सामान्य सदस्य (General Members):

हालका सामान्य सदस्यले आफ्नो विवरण अद्यावधिक गरी $30 USD तिरेर सदस्यता नवीकरण गर्न सक्नेछन्।

नयाँ आवेदकले पनि त्यस्तै गरी $30 USD शुल्कसहित सदस्यता लिनुपर्नेछ।

सदस्यता प्रक्रिया यस्तो छ:

1. SMART NRNA एप डाउनलोड वा अपडेट गर्नुहोस्

2. पासवर्ड बिर्सिएको भए ‘Forget Password’ मा क्लिक गर्नुहोस्

3. ‘Renew’ वा ‘Register’ मा क्लिक गरेर विवरण भर्नुहोस्

4. आवश्यक परे कागजात वा स्पष्ट सेल्फी अद्यावधिक गर्नुहोस्

5. शुल्क तिर्नुहोस् (सामान्य सदस्यको हकमा) वा स्किप गर्नुहोस् (आजीवन सदस्यको हकमा)

6. अन्तमा ‘Submit’ मा क्लिक गरेर प्रक्रिया सम्पन्न गर्नुहोस्

प्रशिक्षण र जानकारीका लागि भिडियो गाइड:

📹 सदस्यता नवीकरण गाइड (General & Lifetime): (https://www.youtube.com/watch?v=ahMDiuA8Dd8)

📹 नयाँ सदस्यता दर्ता गाइड (General & Lifetime): (https://www.youtube.com/watch?v=iCGteKvRVgg)

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार, “हामी डिजिटल युगमा छौं, र हाम्रो संस्था पनि समय अनुसार अगाडि बढ्नुपर्छ। स्मार्ट एनआरएनए एपमार्फत सदस्यता प्रक्रियालाई सहज, सरल र विश्वसनीय बनाइएको छ।”

संघले सबै प्रवासी नेपालीहरूलाई समयमै सदस्यता नवीकरण गरी एनआरएनएमा सक्रिय रूपमा सहभागी हुन अपिल गरेको छ। स्मार्ट एपको प्रयोगमार्फत सदस्यता व्यवस्थापन पारदर्शी, छरितो र दीगो हुने विश्वास संघले लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु