भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन् । बालकोटमामा डेरा गरि बस्ने ५० वर्षीय रोशनी शाही मृत फेला परेकी हुन् ।
आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । कोठा फोडेर हेर्दा सुत्ने कोठामा उनी मृत भेटिएकी थिइन् ।
प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटक भने छैन । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनी केही वर्षअघि पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दा हालेर चर्चामा आएकी थिइन् ।



