राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।
प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।
उनका अनुसार प्रसाईंसहित हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारुविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।
गत चैत १५ मा भएको हिंसात्मक प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
उक्त घटनामा प्रतिवादी बनाउँदै उनीहरूलाई मुद्दा दायर गरिएको हो ।



