Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

विकल पौडेलसहित दोषी ठहर, करिब ४१ करोडको भ्रष्टाचार 

Zenith Migration Education

पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार रुपैयाँ जरिवाना सुनाएको छ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज अधिकारीले भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र पदीय दुरुपयोग गरेको कसुरमा थप ६ महिना कैदको सजाय तोकिएको हो।

प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख रुपैयाँ नोक्सानी भएको अदालतले ठहर गरेको छ।

यस्तै अदालतले म्याक्स इन्टरनेसनल प्रालिका सीईओ अकबर हुसेनलाई पनि १३ करोड ५८ लाख जरिवाना र १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।

सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापाले भने सफलाइ पाएका छन्।

पौडेल यसअघि नै भ्रष्टाचार कसुरमा जेल सजाय सजाय काटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु