Tuesday, August 25, 2026
Zenith Migration Education
Tuesday, August 25, 2026

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा पञ्जावबाट दुई जना पक्राउ

Zenith Migration Education

पञ्जाव प्रहरीले पाकिस्तानी गुप्तचर एजेन्सीसँग संवेदनशील जानकारी साझा गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको दाबी गरेको छ । पञ्जाव प्रहरीका अनुसार, अमृतसर ग्रामीण प्रहरीले पलक शेर मसीह र सूरज मसीहलाई शनिबार पक्राउ गरेको हो ।

अमृतसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी (ग्रामीण) मनिन्दर सिंहले भने, ‘हामीलाई सूचना प्राप्त भयो कि अजनाला थानाअन्तर्गतको एक गाउँका दुई व्यक्तिले पाकिस्तानी गुप्तचर एजेन्सीसँग संवेदनशील जानकारी साझा गरिरहेका छन् ।’
‘हामीले शनिबार पलक शेर मसीह र सूरज मसीहलाई पक्राउ गर्‍यौँ र विस्तृत रूपमा छानबिन गर्दा थाहा भयो कि उनीहरूले आफ्नो मोबाइल फोनमार्फत संवेदनशील स्थलहरूको तस्वीर तथा भिडियो पठाएका रहेछन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु