Monday, September 21, 2026
Zenith Migration Education
Monday, September 21, 2026

फ्लेभर्स अफ नेपालमा चर्चित गायक यम बरालसँग विशेष Meet & Greet

Zenith Migration Education

सिड्नी — शनिबार, ६ डिसेम्बर २०२५ मा चर्चित गायक यम बराल ग्रयाण्डभील अवस्थित Flavours of Nepal रेष्टुरेन्टमा आयोजित Meet & Greet कार्यक्रममा सहभागी हुने भएका छन्। कार्यक्रम साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

रेष्टुरेन्टका सञ्चालक राजेश केसीका अनुसार, प्रवासमा बसोबास गर्ने नेपालीमध्ये यम बराललाई मन पराउने दर्शक धेरै भएकाले यस पटक भेटघाट कार्यक्रम आयोजना गरिएको हो।

उनका अनुसार, Flavours of Nepal विगतमा पनि रामकृष्ण ढकाललगायत थुप्रै प्रख्यात कलाकारहरूलाई स्वागत गर्दै आइरहेको छ।

“नेपाली कलाकार तथा संगीत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्ने र प्रवासका नेपालीबीच सुमधुर भेटघाट गराउने हाम्रो उद्देश्य हो,” सञ्चालक केसीले बताए।

कार्यक्रममा आगन्तुकहरूले यम बरालसँग फोटोसेसन, कुराकानी र Selfie Moments गर्न पाउनेछन्।

रेष्टुरेन्टले विशेष रूपमा तयार गरिएको नेपाली परिकार, पारिवारिक वातावरण र रमणीय संगीत–मूडका कारण सिड्नीका नेपाली समुदायबीच लोकप्रिय बनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु