Sunday, January 18, 2026
Zenith Migration Education
Sunday, January 18, 2026

सिड्नीमा एनआरएनए वुमेन फोरमद्वारा हिंसा सचेतना कार्यक्रम

Zenith Migration Education

सिड्नी — “टुगेदर फर जिरो भायोलेन्स : सेफ कम्युनिटिज फर एभ्री जेन्डर” भन्ने मुख्य नारासहित १६ दिने लैङ्गिक हिंसा उन्मूलन अभियान (नोभेम्बर २५–डिसेम्बर १०) अन्तर्गत एनआरएनए वुमेन फोरम एससीसी एनएसडब्ल्यु ले शनिबार विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम नारी निकुञ्ज अष्ट्रेलिया एनएसडब्ल्यु की कोर्डिनेटर आषा श्रेष्ठको नेतृत्वमा मेरिल्यान्ड्सस्थित एनआरएनए अफिसमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा अवर्न पुलिस एरिया कमाण्ड अन्तर्गतकी मल्टिकल्चरल कम्युनिटी लायिजन अफिसर मुन लुओ प्रमुख अतिथि रहेकी थिइन्।

उनले घरेलु हिंसाका प्रकार, उजुरी प्रक्रिया, उपलब्ध कानूनी सहयोग, आपतकालीन सम्पर्क सेवा, तथा हिंसा रोकथाममा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिइन्।

मुन लुओले समुदायभित्र हुने हिंसात्मक घटना पहिचान, पीडितलाई तत्काल सहयोग, तथा संवेदनशील विषयमा सचेत रहन सहभागीलाई आग्रह गरिन्।कार्यक्रममा एनआरएनए अष्ट्रेलिया एनएसडब्ल्यु की संयोजक उषा बारिया पोखरेल,

  • नारी निकुञ्जका पूर्व राष्ट्रिय समयोजक — संगिता चापागाई, सन्ध्या शाह, समाज सेवी जानकी रिमाल पौडेल,
  • समाजसेवी लक्ष्मी भण्डारी,
  • पूर्व एनएसडब्ल्यु कोर्डिनेटर सबला बस्नेत,
  • तथा समुदायका अन्य सक्रिय महिला नेतृ एवं अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

घरेलु हिंसा रोकथाम, पीडितलाई सुरक्षित पहुँच सुनिश्चित गर्ने उपाय, तथा समुदायस्तरमा आवश्यक समन्वयबारे सहभागीबीच अर्थपूर्ण छलफल गरिएको आयोजकले जनाएको छ।

समापन सत्रमा कोर्डिनेटर आषा श्रेष्ठले सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भनिन्—

“लैङ्गिक हिंसाविरुद्धका अभियानहरू निरन्तर चलाउन वुमेन फोरम प्रतिबद्ध छ। आगामी कार्यक्रमहरू अझ प्रभावकारी बनाइनेछन्।”

उक्त कार्यक्रम अभियन्ता सबला बस्नेतले सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु