Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

सिड्नीमा ‘स्वर सम्राट नारायण गोपाल’ स्मृति सांगीतिक कार्यक्रम हुँदै 

Zenith Migration Education

सिड्नी — नेपाली संगीतका महागायक ‘स्वर सम्राट’ नारायण गोपालको ३५औँ पुण्यस्मृतिका अवसरमा अष्ट्रेलियामा विशेष स्मृति कार्यक्रम आयोजना गरिने भएको छ। गायक तथा संगीतकार राज सागरको विशेष पहलमा स्थापना हुन लागेको ‘स्वर सम्राट नारायण गोपाल गुरूवाचार्य संगीत प्रतिष्ठान–अष्ट्रेलिया’ का लागि यो कार्यक्रम आगामी शुक्रबार, December 5 (मंसिर १९), बेलुका ६:३० बजे ग्रानभिलस्थित रातो घरमा हुने आयोजकले जनाएका छन्।

कार्यक्रममा गायक राज सागर स्वयंले स्वर सम्राट नारायण गोपालका कालजयी गीतहरूको प्रस्तुति दिनेछन्। साथै, अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक–गायिका रबिसन खत्री, आसिफ सेफ, अरूणा कार्की लगायतका कलाकारहरूले समेत प्रसिद्ध गीतहरू प्रस्तुत गर्नेछन्।

त्यस्तै, वाद्यवादनमा सुजन गोपाली (तबला), अनिल चौधरी (किबोर्ड), सविन घिसिङ (बासुरी), रोनाल श्रेष्ठ (गितार) लगायतका कलाकारहरूले साथ दिने कार्यक्रम संयोजक समितिले जनाएको छ।

यो कार्यक्रमको शीर्ष प्रायोजन Cloud Education / Visa ले गरेको छ। भेन्यु तथा साउण्ड व्यवस्थापन रातो घरका प्रोप्राइटर गगन शर्माद्वारा व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

स्वर सम्राट नारायण गोपालका अमर गीतहरू, कलाकारहरूको उत्कृष्ट प्रस्तुति र संगीत प्रतिष्ठान स्थापनाको उत्साहपूर्ण उद्देश्यले यो कार्यक्रम संगीतप्रेमी नेपाली समुदायका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु