Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान

Zenith Migration Education

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।

यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु