काठमाडौँ । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउने भएका छन्। बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल आउन लागेका हुन् । ‘नेपाल इन्डिया जुडिसियल डायलग’ को दुई दिनको कार्यक्रममा सहभागी हुन गवई नेपाल आउन लागेका हुन् ।
गवई भारतका ५२ औँ प्रधान न्यायाधीश हुन् । उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए । कार्यक्रम शुक्रबार र शनिबार हुनेछ। उक्त कार्यक्रम सकेर भारतीय प्रधान न्यायाधीश गवई फर्किने तालिका छ।



