Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

अदालतको अवहेलना मुद्दामा माओवादी नेता श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग

Zenith Migration Education

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ मागेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो ।

श्रेष्ठले भदौ ६ गते आफ्नो फेसबुक पेजमा अदालतको अवहेलना हुने गरी लेखेको भन्दै मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले सर्वोच्चमा उनीविरुद्ध अवहेलनाको निवेदन दिएका थिए ।

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भन्दै सामाजिक सञ्जालमा लेखेर अनादर गरेको निवेदनमा जिकिर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु