Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

सिरहाको लाहानमा आमा र छोराको शव फेला

Zenith Migration Education

सिराहा । सिरहाको लहानमा आमा र छोरा डेरा गरी बस्ने घरभित्र मृत अवस्थमा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र रंजिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।

अर्का ९ महिनाको छोरा गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, दुई बालबालिकाले विषादी सेवन गराइएको आशंका गरिएको छ ।

रंजिता चौधरीले कोठाको ढोका भित्रबाट थुनेर सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पाँच वर्षीय छोरा एरोन मृत अवस्थामा खाटमा भेटिएका थिए । नौ महिनाको शिशुलाई तुरुन्त उद्धार गरी प्रादेशिक अस्पताल लहान लगिएकोमा त्यहाँका चिकित्सकले विष सेवनको आशका गर्दै थप उपचारका लागि अस्पताल लहान पठाएका छन् ।

हाल शिशुको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार चौधरी परिवार केही महिनाअघि मात्र अनदेश्वर चौधरीको घरमा डेरा गरी बस्न थालेको थियो । घटनाको समयमा श्रीमान् प्रविण चौधरी भने घरमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु