Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

‘कुमारी’ को छायाङ्कन सुरु

Zenith Migration Education

काठमाडौँ । निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको चलचित्र ‘कुमारी’को छायाङ्कन मङ्गलबादेखि सुरू भएको छ । ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिए । उनले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताए ।

उनले भने, “केही समयको अन्तरालमा पुनःप्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु । यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ । प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।” उनले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै छन् ।

उनीहरुसहित चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायतको अभिनय रहनेछ ।

विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त चलचित्रको पटकथा विकास सुवेदीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु