काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत शसक्रबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली समयअनुसार खेल आज अपराह्न ६ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छ भने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ। घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ। नौ अंकका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।
खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।



