सिड्नी (अष्ट्रेलिया) । नारी निकुञ्ज अष्ट्रेलियाले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । एनआरएनए महिला मञ्ज नारी निकुञ्जले आयोजना गरेको कार्यक्रमलाई नारी निकुन्जको एनएसडब्लु संयोजक सबला बस्नेतले संयोजकत्व गरेकी थिइन् ।
नारी निकुन्ज एनएसडब्लु राज्य संयोजक बस्नेतले नारी निकुञ्जले प्रत्येक वर्ष नेपाली महिलाहरूको आत्मबल, संस्कृति र एकताको प्रतीकका रूपमा तीज विशेष कार्यक्रम गर्दै आएको जानकारी दिइन् । उनले यस वर्षको तीज कार्यक्रम च्यारिटी उद्देश्यका लागि समर्पित रहेको जानकारी दिइन् । साथै उनले यसबाट नेपालका दुर्गम क्षेत्रका शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको बताइन् ।कार्यक्रमको अध्यक्षता नारी निकुञ्ज राष्ट्रिय संयोजक संगीता चापागाईंले गरेकी थिइन् ।
कार्यक्रमका अतिथिहरुमा न्यू साउथवेल्स राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नारी निकुञ्ज अष्ट्रेलियाकी संस्थापक रञ्जु वाग्ले थापा र एन्जाका अध्यक्ष कृष्ण तिवारीको उपस्थिति रहेको थियो ।

यसैगरी, आगामी २०२५–०२७ कार्यकालका लागि नवनिर्वाचित एनएसडब्लुकी संयोजक उषा किरण बारिया पोखरेल, नारी निकुन्जकी एनएसडब्लु संयोजक आशा श्रेष्ठ, सचिव रोजा प्रधानलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
महिला तथा बालबालिकाका लागि आधारभूत स्वास्थ्य सेवा र स्क्रिनिङमा पहुँच प्रदान गर्ने, आवश्यकतामा परेका महिलाहरूका लागि मानसिक स्वास्थ्य र कल्याणकारी कार्यक्रमहरूलाई सहयोग गर्ने, अपाङ्गता भएका व्यक्तिहरूका लागि गतिशिलता सहायता, उपचार र आवश्यक स्रोतहरू प्रदान गर्ने रहेको नारी निकुञ्जले जनाएको छ ।
यसैगरी, सुरक्षित र समावेशी समाजलाई प्रवर्धन गर्न जागरूकता र शैक्षिक अभियानहरू सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रममा नारी निकुन्जका पूर्व संयोजक सन्ध्या शाह समाजसेवी प्रकृती श्रेष्ठ, प्रतिज्ञा अधिकारीलगायत नेपाली समुदायमाज सक्रिया महिलाहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा चर्चित कलाकार राजेन्द्र कँडेलको विशेष प्रस्तुतिसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य भनेको च्यारिटीमार्फत समुदायमा योगदान दिनु हो ।
नारी निकुञ्ज राष्ट्रिय संयोजक संगिता चापागाईले कार्यकाल भरी सहयोग पुर्याउने संघ संस्था मिडिया प्रतिनिधिहरुलाई धन्याद दिएकी थिइन् ।
कार्यक्रमको मुख्य प्रायोजक मार्कक्यू होम्सको रहेको थियो भने रे प्रोपर्टीज (Powered by) को रूपमा रहेको थियो कार्यक्रमलाई सहयोग गर्ने अन्य कम्पनीहरूमा सोलुसन, येस पिपल एजुकेसन एन्ड भिसा सर्भिसेस, वेलहान अब्रोड स्टडी, युनाइटेड पे–रेमिट, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस, फोर नेशन्स इन्टरनेशनल, सेफायर इस्टेट एजेन्ट्स र गोर्खा ज्वेलरी रहेका छन् ।
एनआरएनए महिला मञ्ज नारी निकुञ्जले Prisha Events and Catering (10 Third Ave, Blacktown, NSW) मा ‘तीज for Charity” कार्यक्रमको आयोजना गरी मनाएको थियो ।




