Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

बेनिशा बनिन् बार गर्ल

Zenith Migration Education

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्म द ब्ल्यु लाइटको हालै राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरी छायांकन आरम्भ गरिएको छ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा २० दिन खिचिने फिल्म बलराम चौहानको डेब्यु निर्देशनमा बन्नेछ। चौहान फिल्म बलिदानको लेखक तथा मुख्य सहायक निर्देशक हुन्।

फिल्मको हालै पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मको मुख्य कलाकारमध्येकी एक बेनिशा हमाललाई बारमा देखाइएको छ। औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन्। निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडि मदिराको कप र औंलाको चुरोटले उनी बार गर्ल रहेको संकेत गर्छ। पोस्टरले फिल्मले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा भन्ने प्रष्ट्याएको छ।

फिल्मको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन्। पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ। उनको जिङरिङ कपाल तथा विछिप्त मुद्राबाट फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ।

अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, बाल कलाकार ग्रिसमा कटुवाल, सहारा शर्मालगायतले अभिनय गर्ने फिल्म स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको छ। रमन ग्रे सह निर्माता रहेको फिल्म यो जनराकै एक उत्कृष्ट फिल्म हुने निर्देशक चौहानको दाबी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु