Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

वीरगञ्ज भन्सारले ११ महिनामा उठायो एक खर्ब ५८ अर्ब राजस्व

Zenith Migration Education

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले यो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रथ रहेको जानकारी दिए।  

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो। त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ। वैशाखमा १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ। जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ। चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो।

भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु