Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

Zenith Migration Education

राप्ती नदीमा माछा मार्ने क्रममा गैँडाको आक्रमणमा परी चितवनमा एकजनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२८ मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा आइतबार बेलुकी ८ बजे माछा मार्न गएका स्थानीय ६० वर्षका जंगे कुमाललाई गैँडाले आक्रमण गरेको हो।

इलाका प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक विनोद अधिकारीका अनुसार गैँडाको आक्रमणबाट घाइते भएका कुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो ।

गैँडाले आक्रमण गर्दा उनको घुँडा र अनुहारमा गम्भीर चोट लागेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु