Zenith Migration Education
Wednesday, June 18, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना

Zenith Migration Education

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका-१० स्थित सडक डिभाइडरमा यात्रुवाहक बस ठोक्किएर भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।

लहानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

बसमा ३९ जना यात्रु सवार थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, घाइतेमध्ये चार जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । ‘घाइते सबैको अवस्था खतरामुक्त रहेको छ,’ डीएसपी खनालले भने ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । घटनास्थलमा सुरक्षाकर्मीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए । दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित भए पनि अहिले स्थिति सामान्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery