Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

ब्रेक फेल भई ट्रक दुर्घटना, दुई घाइते

Zenith Migration Education

बारा—बारा जिल्लाको अमलेखगन्ज नजिकैको ३ नम्बर पुलको ओरालोमा सिमेन्ट लोड गरिएको मालवाहक ट्रक दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ईटहरीतर्फ सिमेन्ट लिएर जाँदै गरेको ना.२ ख ००२२३१ नम्बरको ट्रक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ। ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने घाइते सवारी चालक र सहचालकलाई स्थानीयवासीको सहयोगमा तत्काल उद्दार गरिएको थियो।

दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी ट्राफिक प्रहरी पोष्ट, अमलेखगन्जका प्रहरी सहायक निरीक्षक राम भक्त यादव र इलाका प्रहरी कार्यालय अमलेखगन्जको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। “स्थानीयको सक्रियतामा समयमै उद्दार कार्य सम्भव भयो,” निरीक्षक यादवले बताए।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। दुवैको अवस्था हाल खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

यस किसिमको समयमै देखाइएको प्रहरी सक्रियताको स्थानीयवासीहरूले प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु