Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

दीपक मनाङे कारागार चलान

Zenith Migration Education

काठमाडौं-ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) आज डिल्लीबजार कारागार चलान भएका छन्। राजधानीको सानोभर्‍याङबाट मंगलबार पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले उनलाई केन्द्रीय कारागार पठाउने आदेश दिएको हो।

कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला सदर गर्दै मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो। उच्च अदालतको फैसलाअनुसार मनाङेले अब बाँकी दुई वर्ष चार महिना एक दिन जेलमा बिताउनुपर्नेछ। मनाङेले मन्त्री पद छाडेको दुई महिनामै कारागार जानुपरेको हो। उनले भदौ १७ गते गण्डकी प्रदेशको वन मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु