Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सिडनीमा चितवन समाजद्वारा सांसद हरि ढकालको स्वागत कार्यक्रम

Zenith Migration Education

सिडनीको-Garden Function Centre, Merrylands मा मंगलबार चितवन समाज अष्ट्रेलियाले चितवन क्षेत्र नम्बर १ का रास्वपा)का प्रतिनिधि सभा सांसद हरि ढकालको सम्मानमा एक स्वागत कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रममा अष्ट्रेलियामा रहेका चितवनवासीहरूलाई चितवनको लागि के कस्ता योगदान पुर्‍याउन सकिन्छ भन्नेबारेमा विचार-विमर्श गर्ने अवसर प्रदान गरिएको थियो। कार्यक्रममा लगभग ५० देखि ६० जना सहभागी थिए।

चितवन समाजका अध्यक्ष पुरू सडौला का अनुसार, कार्यक्रममा सांसद हरि ढकालले चितवन र अष्ट्रेलियामा रहेका नेपाली समुदाय बीच सहकार्य गरेर चितवनको विकासका लागि कस्ता प्रकारका कामहरू गर्न सकिन्छ भन्ने बारेमा आफ्नो विचार प्रस्तुत गर्नुभयो। उहाँले सहकार्यको महत्व र यहाँ रहेका सबैको योगदानको आवश्यकता औंल्याउँदै सबैलाई प्रेरित गर्नुभयो।

यो कार्यक्रम राजनीतिक नभएर सांसद हरि ढकालको “मिट एण्ड ग्रीट” प्रकारको स्वागत समारोहको रूपमा आयोजना गरिएको थियो। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाल सरकारका वाणिज्यदूत, सन्जीव सर्मा, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, NAYAका अध्यक्ष बिपीन थापा लगायत विभिन्न संघसंस्थाका अगुवा र प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

यो कार्यक्रमले अष्ट्रेलिया र चितवन बीचको बढ्दो सहकार्यलाई रेखांकित गर्दै भविष्यमा विभिन्न क्षेत्रमा आपसी सहयोगका अवसरहरूको सम्भावना प्रकट गरेको।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु