सिडनी/आईतवार, सेप्टेम्बर २२ का दिन Grace Nepali Diaspora Community (GNDC) द्वारा आयोजित तेस्रो Alpha & Omega Futsal Tournament सफलता पूर्वक सम्पन्न भयो।
फेयरफिल्ड स्थित Endeavour Sports Ground मा सम्पन्न भएको उक्त प्रतियोगिता Hisglory मण्डलीको Choir समूहले स्तुति प्रशंसामा अगुवाइ गरेको थियो भने सोही मण्डलीका एल्डर अरुण लिम्बूले प्रार्थनाद्वारा कार्यक्रमको सुरुवात गरेका थिए।
सिडनी, क्यानबेरा, होबार्ट र तास्मानियाका करिब १० वटा मण्डलीहरूका साथै आयोजक टिमसहित कुल २० टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा यसपटक सिडनीकै Trinity Nepali Church ले विजयी हासिल गरेको थियो।
त्यसै गरी, सिडनीकै Hisglory नेपाली चर्च उपविजेता बनेको थियो भने होसन्ना नेपाली चर्चले फेयर प्ले अवार्ड जित्न सफल भयो।
यसअघिका दुई संस्करणमा सिडनी र क्यानबेराका मण्डलीहरू बीच मात्र प्रतिस्पर्धा भएपनि यसपटक ब्रिसबेन र होबार्टबाट समेत टिमहरू थपिएका थिए।
कार्यक्रमको समापन विजेता, उपविजेता टिम र खेलाडीहरूलाई ट्रफी तथा पदक वितरणसँगै सिड्नी नेपाली चर्चका पास्टर जीवन श्रेष्ठले अन्तिम प्रार्थनाद्वारा गरिएको थियो।



