Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

ओबर्न नेपाली कम्युनिटी द्ववारा ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ५ हजार डलर सहयोग

Zenith Migration Education

ओबर्न नेपाली कम्युनिटीले सिड्नीमा निर्माणाधीन ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रको भवन निर्माणका लागि ५ हजार अष्ट्रेलियन डलर सहयोग प्रदान गरेको छ। ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठले यो सहयोग नेपाली समुदायको दीर्घकालीन हितका लागि रहेको बताउँदै केन्द्र निर्माण अभियानमा सहभागिता जनाउन पाउँदा गौरवको अनुभव भएको उल्लेख गर्नुभयो।

श्रेष्ठले भन्नुभयो, “हाम्रो संस्था यो अभियानमा पहिलो योगदानकर्ताका रूपमा जोडिन पाउँदा गर्वित छौं। यस बहुसांस्कृतिक केन्द्रले सिड्नीमा रहेका नेपालीहरूको सांस्कृतिक, सामाजिक र धार्मिक पहिचानलाई थप मजबुत बनाउनेछ।”

उक्त केन्द्रले नेपाली समुदायका लागि सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रम आयोजना गर्न थलोको काम गर्नेछ। ओबर्न नेपाली कम्युनिटीको यो योगदानले अन्य नेपाली संघ-संस्थाहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

समुदायको प्रगति र एकताका लागि सक्रिय ओबर्न नेपाली कम्युनिटीले यस कदमले सिड्नीको नेपाली समुदायको समृद्धि र एकतालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु