Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

नेपाल महोत्सव पर्थ २०२४ को तयारी पूरा

Zenith Migration Education

पश्चिमी अस्ट्रेलियाको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बहुप्रतीक्षित नेपाल महोत्सव पर्थ २०२४ शनिबार, सेप्टेम्बर १४, सुप्रिम कोर्ट गार्डेनमा आयोजना गर्ने तयारी पूरा भएको जनाएको छ। एनआरएनए वेस्टर्न अस्ट्रेलियाका संयोजक शेखर घिमिरेका अनुसार यो महोत्सवले नेपाली संस्कृति, कला र परम्परालाई प्रवर्द्धन गर्दै नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्नेछ।

महोत्सवको प्रारम्भ बिहान ११ बजे एक भव्य सांस्कृतिक ¥यालीबाट हुनेछ, जसमा स्थानीय संघसंस्थाहरूको सहभागिता रहनेछ। दिउँसो १२ बजेबाट सुरु हुने सांस्कृतिक कार्यक्रमले गुरुङ, मगर र राई समुदायका कला, नृत्य र सांगीतिक परम्परालाई विशेष स्थान दिनेछ। महोत्सवको औपचारिक उद्घाटन दिउँसो २:३० देखि ४:३० बजेसम्म हुनेछ। प्रमुख अतिथि शिक्षामन्त्री डा. एन्टोनियो (टोनी) डी पाउलो बुटी एमएलएले महोत्सवको उद्घाटन गर्नुहुनेछ। कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, संघीय सांसदहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

साँझ ४:३० बजेबाट नेपालका चर्चित कलाकारहरू आस्था राउत, बद्री पंगेनी, द एक्स ब्यान्ड लगायत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति हुनेछ। महोत्सवको समापन साँझ ९ बजे हुने भव्य आतिशबाजीसहित सम्पन्न हुनेछ।

महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संयोजक घिमिरेले जनाउँदै, यसबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जानकारी दिइसकिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु