Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

नेपाल महोत्सव पर्थ २०२४ को सफलताप्रति अध्यक्ष पोखरेलको आभार

Zenith Migration Education

पर्थ (अष्ट्रेलिया) – गैरआवासीय नेपाली संघ (एनआरएनए) वेस्टर्न अष्ट्रेलिया (पर्थ) द्वारा आयोजित नेपाल महोत्सव पर्थ २०२४ सेप्टेम्बर १४ मा भव्य रूपमा सम्पन्न भएको छ। यो महोत्सवले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकत्रित गर्दै, नेपालबाहिर नेपाललाई झल्काउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

महोत्सवको सफल आयोजना गर्न प्रमुख भूमिका खेल्ने सबै स्वयम्सेवक, प्रायोजक, र सहभागीहरू प्रति एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

अध्यक्ष पोखरेलले पश्चिम अष्ट्रेलियाका संयोजक शेखर घिमिरेको विशेष योगदानको प्रशंसा गर्दै भने, “सबैको अथक प्रयास र समर्पणले महोत्सवलाई ऐतिहासिक बनाएको छ।” उनले प्रायोजकहरूलाई धन्यवाद दिंदै, महोत्सवमा उत्साहजनक रूपमा सहभागिता जनाउने सम्पूर्ण सहभागीहरूलाई पनि आभार प्रकट गरे।

पोखरेलका अनुसार, यो महोत्सवले अष्ट्रेलियामा रहेका नेपालीहरूको एकता, पहिचान, र सांस्कृतिक धरोहरलाई अझ मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु