ओबर्नको ओबर्न सेन्ट्रलमा एक्कासी एमर्जेन्सी अलार्म बज्दा स्थानीय बजारहरू उलवर्थ्स र अल्डीमा एरिया खैलाबैला मच्चिएको थियो।
करिब १२:३० बजे अचानक सायरन बज्न थालेपछि ग्राहक र कर्मचारीमा त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीका अनुसार, यो घटना अचानक भएको र तत्कालै प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले घटनास्थलमा पुगेर उच्च सुरक्षा सतर्कता अपनाउँदै बजार क्षेत्र खाली गराएको थियो। मार्केट क्षेत्रमा रहेका सबैलाई बाहिर निस्कन आग्रह गर्दै सुरक्षा घेरा बनाई अनुसन्धान सुरू गरेको थियो। १:४० बजे भने स्थिति सामान्य भएको भन्दै बजार पुन: सञ्चालनमा ल्याइएको छ।
घटनाको छानबिन जारी रहेको र सो क्षेत्रमा केन्द्रित अनुसन्धान भइरहेको सस्रोतले जनाएको छ। घटनाका थप विवरण भने सार्वजनिक गरिएको छैन।
अनुसन्धानलाई निरन्तरता दिदै, ओबर्न क्षेत्रमा आज प्रहरीले व्यापक रूपमा संकास्पद व्यक्तिको खोजी अभियान सञ्चालन गरिरहेको छ। सुरक्षा सतर्कताको लागि सर्च अपरेशन जारी रहेको छ, जसमा प्रहरीका धेरै टोली संलग्न छन्। संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ठाउँठाउँमा खोजी गर्दै गरेको र पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा लिइने कार्य जारिरहेको छ।





