Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सिड्नीको पार्कमा नेपाली युवतीको शव फेला: अनुसन्धान जारी

Zenith Migration Education

सिड्नी – सिड्नीको हाइड पार्क नजिकैको सानो पार्कमा गत आइतवार राति २७ वर्षीया नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। मृतक झापाकी सिवाकोटी थरकी युवती भएको जनाइएको छ। गोपनीयताका कारण मृतकको विस्तृत परिचय खुलाइएको छैन। न्यू साउथ वेल्स (NSW) प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ। एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मृतक युवतीको परिवारसँग समन्वय भइरहेको र आवश्यक सबै सहयोग प्रदान गरिने जानकारी दिएका छन्। पोखरेलले भने, यो दुःखद घटनाले हामीलाई स्तब्ध बनाएको छ। न्याय र सहयोगका लागि हामी कुनै कसर बाँकी राख्ने छैनौं।”

प्रहरीले युवतीको मृत्युको कारण पत्ता लगाउन अनुसन्धानलाई तीव्रता दिएको छ। सेप्टेम्बर ८ तारिखको राति कामबाट घर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन्। कामबाट फर्किरहेको सीसीटीभी फुटेजमा उनको अन्तिम गतिविधि कैद भए तापनि त्यसपछि उनीसँग सम्पर्क हुन सकेको थिएन। आइतवार राति पार्कमा उनको शव फेला परेपछि नेपाली समुदायमा स्तब्धता छाएको छ।

क्यानबेरास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुल बहादुर मगरले मृतकको परिवारले सम्पर्क नगरेको जनाउँदै, “हामी आवश्यक सहयोगका लागि सधैं तयार छौं,” भने।

मृतक युवती चार महिना अघि मात्रै अस्ट्रेलिया आएकी थिइन् र ४५ वर्षीय एक पुरुषसँग विवाह गरेर सिड्नीको ग्लान्डफिल्ड क्षेत्रमा बस्दै आएकी थिइन्। उनले हालसालै मात्र काम सुरु गरेकी थिइन्। एनआरएनए अध्यक्षका अनुसार घटनाको अनुसन्धान पूरा भएपछि, मृतकको पार्थिव शरीर नेपाल पठाउन पहल गरिने छ।

यस घटनाले नेपाली समुदायमा चिन्ता र शोकको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु