सिड्नीस्थित NSW Taekwondo ले NSW Office of Sport सँगको सहकार्यमा महिलाहरू तथा बालिकाहरूका लागि पूर्ण रूपमा निःशुल्क आत्मरक्षा तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यो ८ हप्ते विशेष तालिम कार्यक्रम आत्मविश्वास, मानसिक मजबुती र व्यवहारिक आत्मरक्षा सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।
वारियस ताईक्वान्दोका NSW निर्देशक तथा प्रशिक्षक प्रकाश क्षेत्री ले कार्यक्रममा नेपाली समुदायको समेत सक्रिय सहभागिता रहने बताएका छन्। उनले यो तालिमले विशेषगरी महिलाहरूलाई आत्मरक्षा सीपसँगै आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
📅 मिति: २७ जुनदेखि १५ अगष्टसम्म
⏰ समय: बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म
📍 स्थान: Australian National Sports Club, 571–577 Punchbowl Road, Sydney NSW 2195
कार्यक्रममा सहभागीहरूले आत्मरक्षा सम्बन्धी आधारभूतदेखि व्यावहारिक सीपहरू सिक्ने अवसर पाउनेछन्। साथै शारीरिक फिटनेस र आत्मविश्वास बढाउने प्रशिक्षण पनि दिइनेछ।
कार्यक्रममा स्थान सीमित भएकाले अग्रिम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ।
📞 दर्ता तथा थप जानकारीका लागि: 0424 418 289 (Shazia)
🌐 वेबसाइट: atnsw.com.au



