राजश्व अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयमा छापा मारेको छ।
सोमबार उनको हेटौंडास्थित निवाससहित काठमाडौँका नक्साल र सुन्धारा क्षेत्रमा रहेका कार्यालयमा छापा मारेको छ ।
नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँ सोही पार्टीका प्रदेश सभापति पनि हुन्।
छापामारीको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।



