Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

Zenith Migration Education

प्रहरीले पूर्वमन्त्री एवं राप्रपाका नेता  विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु