Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले दिए राजीनामा

Zenith Migration Education

बेलायत । एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले राजीनामा दिएका छन् ।

अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले राजीनामा दिएका हुन् ।

डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले एक विज्ञप्तिमा भनेका छन्, “गहिरिएर सोचेपछि मैले सरकारबाट राजीनामा दिने निर्णय गरेको छु । पिटर मन्डेलसनलाई नियुक्त गर्ने निर्णय गलत थियो। उहाँले हाम्रो पार्टी, हाम्रो देश र राजनीतिमाथिको विश्वासलाई नै क्षति पुर्‍याउनु भएको छ । उनले भने, “मैले प्रधानमन्त्रीलाई त्यो नियुक्ति गर्न सल्लाह दिएको थिएँ र त्यो सल्लाहको पूर्ण जिम्मेवारी म लिन्छु ।”

आयरल्याण्डबासी म्याकस्वीनीले सन् २०२४ मा स्टार्मरको प्रभावशाली चुनावी विजयमा महत्त्वपूर्ण भूमिका खेलेका कारण उहाँलाई पछिल्लो समय बेलायती ‘राजनीतिको सबैभन्दा शक्तिशाली व्यक्ति’ भनेर उल्लेख गर्ने गरिएको थियो ।

नेता जेरेमी कोर्बिनको दुर्भाग्यपूर्ण कार्यकालपछि लेबर पार्टीलाई मध्यमार्गी नीति एजेन्डामा लैजान सहयोग पुर्‍याउने श्रेय उनलाई दिइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु