Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

राष्ट्रपति र बेलायती सैनिक प्रतिनिधिबिच भेटवार्ता

Zenith Migration Education

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल नेपाल भ्रमणमा रहेका बेलायती सेनाका Colonel Commandant Brigade of Gurkhas Major General Gerald M. Strickland र Colonel David J. Robinson लगायतको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालका लागि बेलायतका संयुक्त अधिराज्यका राजदूतसमेत उपस्थित रहेको उक्त कार्यक्रममा Major General Gerald M. Strickland ले Brigade of Gurkha को सन २०२५ को वार्षिक प्रतिवेदन पनि पेश गरेका थिए ।

यो अवसरमा दुई देशबीच रहिरहेको सम्बन्ध, आपसी हित र चासोका विषयमा समेत कुराकानी भएको राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु