Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ

Zenith Migration Education

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छन् । साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताइन् । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताइन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्न पनि कानुन हुने बताउँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताइन् ।

आफूहरु कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताइन् । आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गरिन् ।

प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु