Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

सिड्नीमा वारियर्स तेक्वान्दो इन्टरक्लब टुर्नामेन्ट ३० नोभेम्बरमा हुँदै

Zenith Migration Education

सिड्नी, म्याक्वारी फिल्ड्स (NSW) । Warriors Taekwondo Martial Arts & Fitness ले आगामी ३० नोभेम्बर २०२५ मा Macquarie Fields Indoor Sports Centre मा आयोजना हुने Warriors Taekwondo Interclub Tournament तथा बाल मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको घोषणा गरेको छ।

संस्थाका अध्यक्ष तथा Australia Taekwondo NSW का निर्देशक प्रकाश क्षेत्रीका अनुसार, वारियर्स तेक्वान्दोले २०१८ देखि निरन्तर रुपमा खेलकुद कार्यक्रम गर्दै आएको छ।

उनका अनुसार, करिब १०० जना बाल–किशोर एथलेटले विभिन्न प्रतिस्पर्धात्मक खेल र प्रदर्शनात्मक गतिविधिहरूमा सहभागी हुने अपेक्षा गरिएको छ।

क्षेत्रीले भने,

“हामीले युवा पुस्तामा खेलभावना, अनुशासन र नेतृत्व विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आएका हौँ। यस वर्षको मानसिक स्वास्थ्य अभियानले विद्यार्थीको समग्र विकासमा सकारात्मक योगदान गर्नेछ।”

कार्यक्रममा

• ग्राण्डमास्टर डॉ. बिलाल एल्मोवी, अध्यक्ष – Australia Taekwondo NSW,

सहित समुदायका अगुवाहरू, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहनेछ।

प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरणमा टुर्नामेन्ट सम्पन्न हुने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु