Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

एकीकृत समाजवादी अभियान र नेकपा संयुक्तबीच एकता

Zenith Migration Education

काठमाडौं । आज एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । 

बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । 

एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरु कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट पार्टी हो । त्यस अर्थमा केहीपनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन् । गौरव गर्नुपर्नेछ । त्यस अर्थमा हामी जायज सन्तान हौ । आजको संविधान, लोकतन्त्रप्रति गौरव छ । कुनै हिच्किचाउनुपर्ने काम गरेको छैन ।’

उनले नयाँ क्रान्तिको युगमा प्रवेश गरेको कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक बुझ्न नसकेको बताए । 

उनले भने, ‘सामान्तवाद ढलिसकेपछि राजतन्त्र उन्मुलन भइसकेपछि नयाँ क्रान्तिको युगमा प्रवेश गरेका थियौं । नयाँ चरण सुरुवात भएको थियो । अब हाम्रा लागि समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक, समाजवादी संगठन यसका सिद्धान्तहरु चाहिएको हो । दुर्भाग्यवश हाम्रो नेतृत्वले त्यो कुरा बुझ्न सकेन । अरु पार्टी जस्तै पुँजीवादीसँग उठबस गर्न थाल्यो ।’

नेता भुसालले एकीकृत समाजवादी एमालेबाट विभाजन भएर कांग्रेस र माओवादीका पछि अल्मलिएर बसेको आरोप लगाए ।   

पार्टी घोषणामा चुनाव चिन्ह हँसिया रहने र दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।

माक्र्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु