Sunday, July 26, 2026
Zenith Migration Education
Sunday, July 26, 2026

सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ ः हमाल

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले सरकारले वार्तामा बोलाएर सिंहदरबारको गेटबाटै छिर्न नदिएको बताएका छन् । 

माइतीघरमा आन्दोलित रहेको जेनजीहरुलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए । 

सिंहदरबार कसैको निजी सम्पत्ति नभई सबै जनताको भएको भन्दै त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्ने पनि उनको भनाइ छ । 

उनले भने, ‘सरकारले हाम्रा साथीहरुलाई वार्तामा बोलाउनुभयो तर गेटमै रोक्नु भयो । योभन्दा ठूलो अवमूल्यन के हुन सक्छ । अस्ति जुन रगत बगेको थियो त्यो किन बगेको हो भन्ने कुरा सरकारले आत्मसाथ गरेको भए आजको अवस्था सिर्जना हुने नै थिएन् । सिंहदरबार भनेको उहाँहरुको निजी सम्पत्ति होइन् त्यो सबै जनताको सिंहदरबार हो, त्यहाँ सबैले प्रवेश गर्न पाउनुपर्छ ।’

यस्तै, उनले पुरानै निर्वाचन पद्धती राखेर गरिने निर्वाचनले देशमा स्थायित्व नदिएको भन्दै विगतकै अवस्था दोहोराउनको लागि यति ठूलो बलिदान नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु