Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

स्वदेश फर्किए देउवा दम्पती

Zenith Migration Education

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्किएका छन्।

जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसपछि उनीहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो।

जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए।

उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु