Sunday, August 16, 2026
Zenith Migration Education
Sunday, August 16, 2026

वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

Zenith Migration Education

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।

भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ ।

उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ ।

गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु