Tuesday, August 25, 2026
Zenith Migration Education
Tuesday, August 25, 2026

बिहार विधानसभा चुनाव : एनडीएलाई बहुमत, कसको मतपरिणाम कति ?

Zenith Migration Education

बिहार विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत ल्याएको छ । सत्तारूढ एनडीएले २४३ सदस्यीय बिहार विधानसभा चुनावमा २०२ सिट जितेको हो

महागठबन्धन भने ३५ सिटमै सीमित भएको छ। यसपटकको चुनावमा भारतीय जनता पार्टी (बीजेपी) ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। दोस्रो स्थानमा जनता दल (युनाइटेड) जेडीयू ८५ सिटसहित रह्यो। लोक जनशक्ति पार्टी (रामविलास) एलजेपी (आर) ले १९, हिन्दुस्तानी आवाम मोर्चाले ५ र राष्ट्रिय लोक मोर्चाले ४ सिट जित्न सफल भए।

उता, प्रमुख विपक्षी आरजेडीले २५ सिट जित्दै महागठबन्धनलाई अगाडि बढाउने प्रयास गरे पनि अपेक्षित सफलता हात पार्न सकेन। कांग्रेस ६ सिटमा सीमित रह्यो भने वामदलहरूले जम्मा ३ सिट जिते। त्यस्तै एआईएमआईएमले ५ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले २ सिट प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु