Monday, June 1, 2026
Zenith Migration Education
Monday, June 1, 2026

पूर्णबहादुर खड्काले पाए काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

Zenith Migration Education

नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री शर्माले बताए ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलो पटक सार्वजनिक भएका हुन् ।

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु