Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

भोलि र पर्सि देशभर सार्वजनिक बिदा

Zenith Migration Education

लगातारको अविरल वर्षाका कारण सिर्जिएको विपद्‌जन्य अवस्थालाई मध्यनजर गर्दै सरकारले देशभर आइतबार (भोलि) र सोमबार (पर्सि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार बाढी, पहिरो र जोखिमपूर्ण मौसमी अवस्थाका कारण थप दुई दिन बिदा दिने निर्णय गरिएको हो । यसअघि आइतबारदेखि सरकारी कार्यालय खुल्ने तय भए पनि पछिल्लो परिस्थितिका कारण कार्यालयहरू अब मंगलबारबाट मात्र खुल्नेछन् ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अत्यधिक वर्षाको चेतावनी (अलर्ट), राजमार्गमा खसेका पहिरो तथा भौतिक पूर्वाधारमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि सावधानीस्वरूप यो निर्णय लिइएको बताइएको छ ।

यससँगै गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग आकस्मिक सुरक्षाबारे छलफलसमेत गरिएको छ । छलफलमा उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्रलाई सक्रिय बनाउने, नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने र आवश्यक परेमा उद्धार तथा राहत कार्य तिव्र बनाउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले जनतालाई अत्यावश्यक बाहेकका काममा यात्रा नगर्न र सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु