काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्रालयले भमरी वर्षाकाकारण कहिकतै संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्कगर्न अनुरोध गरेको छ ।
संचारमन्त्री जगदीश खरेलले अहिले मन्त्रालयमा आकस्मिक बैठकबसेर कहींकतै संचार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनःसंचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।
मन्त्री खरेलले सामाजिक सञ्जालमा उक्त विषयबारे जानकारी दिदैलेखेका छन्, ‘भारी बर्षा भइरहेको छ । सबै सुरक्षित तथा सचेतरहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा एनटिसी१४९८, एनसेल ९००५, आइएसपी ९८०१८७८९४१ र मन्त्रालयकोसिधा नम्मर ९८४१५२०११५ मा खबर गर्नुहोला । तत्काल मर्मत तथापुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । हामी पनिआकस्मिक बैठक गरेर तयारी अवस्थामा छौं । मेरो सचिवालयकोसिधा नम्बर ९८५१४१०१०१, कृपया सबैले सावधानी अपनाऔं ।’



