काठमाडौं । पाँचथर, कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोरकरिडोर सडक खण्डमा ताप्लेजुङबाट धारानतर्फ जाँदै गरेको मे.१ ज३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकदेखि करिब तीनसय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार तीनजना पुरूष र तीन जना महिला गरी ६ जनाको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवारमध्ये ५ जनालाईउपचारको लागि धरानतर्फ र १ जनालाई जिल्ला अस्पतालफिदिमतर्फ पठाइएको छ ।
काठमाडौं, टोखा नगरपालिका–३ शेर्पा पेट्रोल पम्प नजिक सडकमाबा.प्र–०२–०४९ प ०१९४ नम्बरको मोटरसाइकल अनियान्त्रित भईशुक्रबार राति दुर्घटना हुँदा चालक टोखा नगरपालिका–२ चण्डेश्वरीबस्ने ३२ वर्षीय सुरेश डंगोलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाइते भएका उनको ग्रेण्डी अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।
दोलखा, कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित सडकमाचरिकोटबाट लापिलाङतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ०८३६नम्बरको बलेरोबाट खसेर बलेरोमा सवार बैतेश्वर गाउँपालिका–३बस्ने ३० वर्षीय सरोज दाहालको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पतालदोलखा हुँदै मध्यपुर थिमी अस्पतालमा थप उपचारको क्रममा मृत्युभएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, उर्लाबारी नगरपालिका–९ भोटेपुलस्थित सडकमा प्रदेश १–०२–०५७ प ६०९० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार रातिदुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका–२ बस्ने ४२ वर्षीय प्रेमराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनकोअरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, तिरहुत गाउँपालिका–१ धनपुरीस्थित सडकमा काठमाडौंबाटधरानतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५८२ नम्बरको हाईसकोठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया जगिया देवी सुढीपंजियारको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइतेभएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्युभएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमाजनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको म.प्र.०२–००७ प ९९८२नम्बरको मोटसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदाचालक मिथिला नगरपालिका–३ बस्ने २३ वर्षीय सन्तोष महतोकोमृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिकअस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका–१ बनकसबासस्थित सडकमाधनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बसअनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटीदिपायल सिलगढी नगरपालिका–१ टिखा बस्ने १८ वर्षीया सरस्वतीखड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पतालबुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइतेभएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाकोचौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिकअस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बसचालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित सडकमाधनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९०७ नम्बरको बसकोठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–४ बस्ने ६० वर्षीयगणेश शाहीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममामृत्यु भएको हो । बसले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भईदुर्घटना समेत भएको थियो ।
दुर्घटनामा घाइते भएका बसमा सवार २० जनामध्ये ९ जनाकोमायामेट्रो अस्पतालमा, ४ जनाको नवजिवन अस्पतालमा, ४ जनाकोस्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमाउपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजीगरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको छ ।



